राजनीति
काठमाडौँ – कालिकोट सिंगो बस्तीमा भीषण आगलागी भएको छ ।आइतबार राति कालिकोटको पताला गाउँपालिका वडा नम्बर १ खाल्टेमा रहेको अकस्मात फैलिएको आगलागीका कारण ८६ घर जलेर पूर्ण रुपमा नष्ट भएको र आगलागी अझै नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
अहिले स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका र दमकल अभावमा आगो नियन्त्रणमा लिन कठिनाई भइरहेको छ ।
घटनास्थल प्रहरीचौकी रहेको स्थानबाट तीन चार घण्टाको पैदल दूरीमा रहेको छ । आगलागीका कारण मानवीय क्षति भने भएको छैन तर धेरै मात्रामा पशु चौपायाहरु मरेको प्रहरीले जनाएको छ ।
खरले छाएका घर रहेका बस्तीमा आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।