logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सालकको खपटा बोकेर हिँडिरहेका बुढाथोकी पक्राउ


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले कालो रङगको झोलाभित्र सेतो प्लाष्टिकमा लिएर हिँडिरहेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको बताउँदै आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको परिसरले जनाएको छ ।, ८ पुस (रासस)

ज्यान मुद्दामा पक्राउ परेका पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 

बारा जिल्ला अदालतले थुनामा रहेका जलन्धर सिंह र प्रभु पटेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मङ्सिर २९ गते कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका पचरौता नगरपालिकाका सिंह र पटेललाई थप अनुसन्धान गर्न अदालतले आज सो अनुमति दिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनभयो ।

जिल्ला अदालतका १ नम्बर न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले ती दुईलाई थप हिरासतमा राख्न आदेश गरेको श्रेस्तेदार कौलेश्वर ज्ञवालीले बताउनुभयो । अस्पताल बनाउने विषयमा केही दिनअघि ज्ञापनपत्र बुझाउन आउने क्रममा दुई पक्षबीच झडप हुँदा त्यसमा परी दुई जना गम्भीर घाइते भएको मुद्दामा सिंह र पटेल हिरासतमा थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार