logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

घुससहित वडा सचिव पक्राउ


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

खस्यौली- अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।

बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।, ९ पुस (रासस)

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

काभे्रपलाञ्चोक, – धुलिखेलमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लालाई कार्यक्षेत्र बनाइ नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ ।

उक्त कार्यालयले खाद्य भण्डार, खाद्य उद्योग र होटलमा अनुगमन तथा निरीक्षण गर्ने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा खाद्यान्न शङ्कास्पद भए नमूना सङ्कलन गरेर परीक्षण गरी कारवाहीका लागि सिफारिश गर्छौं ।” खाद्य ऐन २०२३ मा गुणस्तरहीन देखिएमा रू ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै जरिवाना गर्न सकिने व्यवस्था छ ।

तीनवटै जिल्लामा रहेका होटलको खाद्य स्वच्छताका आधारमा वर्गीकरण गरी स्तरीकरण गर्ने र स्टिकर टाँस्ने, विद्यालयस्तरमा स्वच्छता र परीक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहको वडास्तरमा स्वच्छता समूह गठन गरी समूहमार्फत अनुगमन निरीक्षण गर्ने र स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सरोकारवाला सहितसंयुक्तरुपमा बजार अनुगमन निरीक्षण गर्ने डिभिजन कार्यालयको उद्देश्य रहेको निरीक्षक भण्डारीले बताउनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाद्य पदार्थमा मिसावट बढ्दै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा यस्ता कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीयस्तर खाद्य प्रयोगशाला तथा काठमाडौँमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार