logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराबाट पुष २४ गते मनाङको हुम्डे विमानस्थलमा जहाज उडान भर्ने


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

पोखरा-मनाङको हुम्डे विमानस्थलमा पोखराबाट सिधा जहाज उडान भर्ने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रम मार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ ।

त्यसै गरि पुष २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्नेछ । लामो समयदेखि बन्द रहेको यो विमानस्थललाई नै सञ्चालन गरिने भएको हो । तत्कालको लागि साप्ताहिक रुपमा उडान भर्ने भएता पनि यात्रु भएको खण्डमा भने नियमित सञ्चालन गर्न सकिने मन्त्री लम्सालले जानकारी दिए ।

२०७१ बैशाख देखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भरेको छैन । समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार