राजनीति
पोखरा- पोखरा घुम्न आएका नवलपरासीका १७ बर्षिय सुजन गोले तामाङको भिरबाट लडेर मृत्यु भएको छ । पोखरा २७ मा रहेको गोर्खा भिलेज घुम्न गई फर्कने क्रममा छत्रे ढुङगाको भिरबाट अचानक खस्दा घाईते भएका थिए ।
घाइते तामाङको उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी गरेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको जनाएको थियो ।
२०२० मा २० लाख पर्यटक नेपाल भिœयाउँने
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा क्षेत्रिय विमानस्थलको निमार्ण कार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने बताएका छन् ।
२०२० मा २० लाख पर्यटक नेपाल भिœयाउँने लक्षको नजिक अहिले नै पुगि सकेको उनको भनाई थियो । ‘त्यो सफलताका लागि टाढा जानु पर्दैन,’ उनले भने, ‘२०२० पुग्दा २६÷२७ लाख पर्यटक पु¥याउँने छौं । र, २०३० सम्ममा ५० लाख भन्दा बढि पर्यटक भिœयाउँछौं ।’ जहाजबाट आउँने पर्यटक मात्र ११ महिनामा १० लाख नाघिँ सकेको उनले सुनाए । पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु नयाँ – नयाँ तरिका अपनाएर पर्यटन बृद्धि गर्नतर्फ लाग्न आग्रह समेत गरे ।
सरकारले अब विकास निमार्णको काम तर्फ गति लिन थालेको उनको भनाई थियो । ‘स्थानीय सरकार जमिनमा छ । प्रदेश सरकार केन्द्रमा छ । र हामी छौं,’ उनले भने, ‘३ वटै सरकारको एउटै लक्ष छ मुलुकको विकास र समृद्धि गुर्न । त्यसका लागि हामी अविचलित भएर अगाडि बढ्छौं ।’
देश विकासको लागि उद्यमशिलताका विकास गर्नु पर्ने उनको भनाई थियो ।