राजनीति
देशमा अहिले दुई समान्तार सरकार चलेको छ। एउटा सिहदरवारबाट र अर्को जनताको राष्टियता जनजिबिकाको पक्षमा भन्दै नेत्र बिक्रम चन्द विप्लव पार्टीले सञ्चालन गरेको जनसत्ता ! तेही जनसत्ताले अहिले देश व्यापी रुपमा जनताको पक्षमा भन्दै जनकारबाही तिब्र गरेको छ।केही दिन अघि मात्र पोखराको मुख्य व्यापारीक क्षेत्र न्युरोडमा रहेको खोप्लाङ काण्ड बाट परिचित जग्गा बिबादमा कास्कीको जनसताले डोजर लगाएको घटना सेलाउन नपाउदै फेरी तनहुँ बन्दिपुर गाउपालिका १ डुम्रेमा रहेको एक जग्गामा बिप्लवको जन सत्ताले सार्वजनिक जग्गालाई केही भु माफियाले आफ्नो बनाउन खोजेको भन्दैझण्डा गाडेको छ ! यसै समसामायिक विषयलाई लिएर राजनिती डटकमका संवाददाता आश तमुले नेकपाका जिल्ला सेक्रेटरी सुजन सग गरिएको कुराकानी
१. जग्गा कब्जा तपाईंहरुले गरेको हो ?
राज्यको स्वामित्वमा रहेको भुमी ब्यक्तिले हड्प्न खोज्छ अनि जनताले प्रश्न उठाउछ्न उजुरी गर्छन । अनि सम्बन्धित निकायले कार्वाही गर्नुको सट्टा प्रोत्साहन गरेपछी हाम्रो पार्टी जनताको पहरेदार हुनुको नाताले जनताको सत्ताले गरेको कार्वाही हाम्रो कार्वाही नै हो ।
२. ब्यक्तिको जग्गा कब्जा गर्ने तपाईंहरुको बैधानिकता के हो?
यो जग्गा सरकारका ठालुहरुले अझ भनौं सरकारी ठेक्कापटा गर्ने मान्छे ले नै सरकारी जग्गा कब्जा गरेका छन हामी केवल माफियाहरु बाट मुक्त गर्दै सरक्षण गरेका छौ ।
३. कब्जा गर्नु पर्ने कारण के के हो ?
पहिलो कुरा यो जग्गा सार्वजनिक हो,यसको भोगचलन गर्ने अधिकार जनता र राज्य सग मात्र हुन्छ ब्यक्तिले प्लटिङ्ग गर्दै ब्यापार गर्न खोजेपछि जनताले कब्जा नगरेर खादा ओडाउछन त ? त्यसकारण जनसत्ताले नेतृत्व लिएर कार्वाही गरेको हो ।

४. कब्जा गरेको जग्गा तपाईंहरुले के गर्नु हुन्छ ?
जनताको जग्गा लाई जनताले नै उपयोग गर्छन । हामीले सोचेको युबा हरु लाई खेलकुद मैदान या डुम्रो बजारमा बस पार्क छैन बस पार्क बनाउने ढंगले हो । यधपी जनताको परामर्शमा के हुन्छ त्यही गर्छौ ।
५. जग्गावाला भनिएका ब्यक्ति सग कुनै छलफल भएको थियो या थिएन ?
हाम्रो पार्टी ले तनहु जिल्लाको हकमा सार्वजनिक जग्गा हडप्ने लाई आग्रह गरेका थियौं कि सार्वजनिक जग्गा छोड तर मान्नु भएन त्यसपछी झन्डा गाड्नु हाम्रो कर्तव्य बन्यो ।
६. अरु पनि यस्ता योजना छन की ?
तनहु जिल्लामा सार्वजनिक जग्गा धेरै छन ति सबै सार्वजनिक जग्गा सरक्षण गर्ने हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी को दायित्व हो र यो हाम्रो अभियान निरन्तरतामा जान्छ ।