logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाल आइडल बिजेता रवी ओडको आमाको निधन,यस्तो छ अपडेट


  • राजनीति
  • बुधबार, पुष ११ २०७५

काठमाण्डौं- दोश्रो नेपाल आइडलको टाइटल बिजेता रवी ओडको आमाको निधन भएको छ । प्रापत जानकारी अनुसार रवीकी आमालाई घरै बिहान पानी तान्ने मेसिन चलाउदा करेन्ट लागेको मृत्यु भएको हो ।

रबि ओड नेपाल आईडल जितेपछि यति खेर खुसीयाली बाँडन र कार्यक्रमहरुमा व्यस्त रहेका छन् । करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल र्पुयाउँदा ओडको मृत्यु भइसकेको थियो। घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ। बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल र्पुयाको थियो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार