राजनीति
काठमाडौं – जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै बाटो खुला भएको हो।
जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा जापान जान चाहनेको आकांक्षा बढाएको छ।
अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ। यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन्। यसमा नेपालीसहित ११ भाषीलाई लक्ष्य गरिएको छ।
यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा बोलिने तागालोग भाषी कामदारलाई लक्ष्य गर्दै उनीहरूलाई सहजीकरण गर्न यस्ता परामर्श केन्द्र स्थापना हुन लागेका हुन्।
लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित दुईजना पक्राउ
काठमाडौं -कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका–६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूको साथबाट ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद रु २५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबारसाँझ उनीहरूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता टोखा नगरपालिका–९ भत्केको पुल डेरा गरी बस्ने सिन्धुपाल्चोकका टेकबहादुर श्रेष्ठको सिन्धुपालचोक खाजा घरबाट मङ्गलबार साँझ विभिन्न ब्राण्डका मदिरा र नगद रु नौ हजारसमेत गरी करीब रु ६९ हजार ७८० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।, ११ पुस (रासस)