logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओ दिवसमा विप्लव आफैले खुल्ला सभालाइ सम्बोधन


  • राजनीति
  • बिहिबार, पुष १२ २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १२६ औँ माओ दिवसको अवसरमा आफ्ना नेता-कार्यकर्ता तथा जनतालाई खुल्ला कार्यक्रममा सम्बोधन गरेका छन् । विप्लवले सम्बोधन गरेको ठाउँको नाम भने खुलाइएको छैन । सम्बोधनमा विप्लव देखेर जनताहरु उत्साहित हुदै नाराबाजी गरेको नेकपाले जानकारी दिएको छ ।

विप्लवले सम्बोधन गर्दै उनले महान चिनियाँ सर्वहारा क्रान्तिका महान नेता माओको स्मरण गर्दै उहाँको विचारलाई नेपाल कम्युनिस्ट पार्टीले नेपालको मौलिकतामा लागू गर्नेसमेत बताए ।

उनले एउटा सामान्य किसान परिवारमा जन्मेर पनी माओले जापानी साम्राज्यवादीको तख्ता पल्टाइदिएको स्मरण गर्दै नेपालमा पनि जनवादी क्रान्ति सम्पन्न हुदैन भन्नेहरुलाई आफूहरुले जुनसुकै हालतमा करोडौं जनताको साथ लिएर क्रान्ति गरेरै छोड्ने उद्ध्घोष समेत गरेका थिए ।

विप्लवले सम्बोधन गर्ने भनेपछि हजारौ नेता-कार्यकता तथा शुभचिन्तक जनताहरुको भीड लागेको उक्त कार्यक्रममा विप्लवले क्रान्ति धेरै अगाडी बढेको र अब युवा, विद्यार्थी, किसान, मजदुर, महिलाले आफ्नो भूमिका पूरा गर्नेगरी मोर्चा समाल्नसमेत अपिल गरे ।
स्मरणीय छ नेपाल कम्युनिस्ट पार्टीले बुधबार देशभरी १२६ औँ माओ दिवस मनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार