logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओलाइ अनुसरण गर्न जस्तो सुकै त्याग गर्न तयार : प्रकाण्ड


  • राजनीति
  • बिहिबार, पुष १२ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले माओको विचार अनुसरण गर्ने क्रममा जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । नेकपाले बुधबार धनगढीमा आयोजना गरेको विशाल जनसभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले माओको विचारलाई आफूले अनुसरण गर्ने र पार्टीका तर्फबाट बलिदान, त्याग र तपस्या गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

उक्त कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरी माओवादलाई अगाडि बढाएको र दलाल पुँजीवादविरुद्ध सशक्त सङ्घर्ष गर्दै निरन्तर क्रान्तिको बाटोमा हिँडेको बताए ।

उनले नेपालमा अझै क्रान्तिको आवश्यकता रहेकाले आफ्नो पार्टीले त्यो पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले केपी–प्रचण्डले देशमा फासिवाद लागू गरेको धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार