logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होइन : प्रचण्ड


  • राजनीति
  • बिहिबार, पुष १२ २०७५

सत्तारुढ दल (नेकपा)का अध्यक्ष प्रचण्डले स्थायी कमिटीमा भएको छलफल उपलब्धीमूलक भएको बताए । पूर्वएमालेहरु आ-आफ्नो गुटको मानसिकता र रेडिमेट धारणाका साथ बोलेको तथा पूर्वमाओवादीहरु रक्षात्मक र बोल्न हिच्किचाएको जस्तो देखिए पनि पार्टी एकता, संगठन सुदृढीकरणका लागि ऐतिहासिक रुपमा प्रस्तुत भएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले बैठकमा आएका आलोचना र सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्ने र यसलाई नै एकताको प्रतिवेदन बनाउने बाचासमेत गरे ।

आफूहरुले  महिनादिन भित्रमा सांगठनिक एकता टुंग्याउन प्रस्ताव गरे पनि नेताहरुले यही बैठकबाट हुनुपर्ने माग राखेको भन्दै प्रचण्डले त्यसमा सहमति जनाएका छन् ।

दुबै कामका लागि गृहकार्य गर्न कार्यदल बनाउने र त्यसका सुझावका आधारमा यही स्थायी कमिटीले निर्णय लिने उनको प्रस्ताव छ ।

वर्तमान सरकारबारे धारणा राख्ने क्रममा प्रचण्डले जनयुद्धकालमा आफूहरुबीच भएको बहस सुनाएका थिए । त्यसबेला पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्ने बहस हुने गरेको र अन्ततः सधैं एउटै निश्कर्षमा पुग्ने गरेको सुनाउँदै उनले भने, ‘पार्टीले बन्दुक चलाउने हो, अहिले बन्दुक भनेको सरकार हो ।’

‘त्यसैले पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होइन’ प्रचण्डले भने ।

अहिले सरकारले महत्वपूर्ण नीति र निर्णयहरु लिँदा पार्टीमा छलफल गर्नुपर्ने उनले बताए । साथै सरकारका राम्रा कामको प्रचार गर्ने र कमजोरीहरुलाई सच्याउँदै सामुहिक रुपमा अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएकाछन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार