राजनीति
g]sf dxf;ldlt a}7s aGb;qdf ;xefuLx?
sf7df8f}Fdf d+unaf/ g]kfnL sfFu|];sf] dxf;ldlt a}7ssf] aGb ;qdf ;xefuL g]tf tyf sfo{stf{ . tl:a/M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ- राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गर्नुभएको थियो । काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।
विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।,
स्याङ्जा जिल्लाका पूर्वजिल्ला सचिव शिवकुमार अधिकारीको निधनप्रति दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्लाका पूर्वजिल्ला सचिव शिवकुमार अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज विज्ञप्ति जारी गरी अधिकारीको निधनले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताउनुभएको छ । लामो समय जेल तथा निर्वासनमा रहनुभएका स्वर्गीय अधिकारीले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण र सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । पार्टी प्रतिबन्धित अवस्थामा समेत स्वर्गीय अधिकारीले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाको सचिव भई सङ्गठनलाई कुशलतापूर्वक सञ्चालन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको छ भने पार्टीलाई अपूरणीय क्षति पुगेको छ । सभापति देउवाले शोकको यस घडीमा स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
अधिकारीको ७९ वर्षको उमेरमा यही पुस १० गते पुतलीबजार नगरपालिका–१० मा निधन भएको थियो ।
१२ पुस (रासस)