राजनीति
जनयुद्धका कुशल कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’ यति बेला छोरी कविता शर्मा सग जोडिएर समाचारहरु आइरहेका छन । प्रभाकरले छोरीका प्रेमी सग मिलेर कम्पनी चलाउने कुरा कमैको अनुमान थियो होला । तर त्यस्तै भएको छ । शर्माले छोरीका प्रेमी चितवनका आलोक राणा सग कम्पनी संचालन गरेको खुलासा भएको छ ।


आलोकको अंग्रेजी नामको अगाडिको अक्षर ‘ए’ र जनार्दनको अगाडिको अक्षर ‘जे’लाई आपसमा जोडेर उनीहरुले ‘एजे इन्टरनेशनल प्रालि’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । यसको नामबाट दशैं, होलीलगायतका चाडमा सांगीतिक कार्यक्रमहरु आयोजना गरियो ।
इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलेन मात्र, जनार्दन शर्माकी छोरी कविताले म्युजिक भिडियोमा मोडलिङसमेत गरिन् । तर, म्युजिक भिडियोमा खेल्न थालेपछि उनले आफ्नो वास्तविक नाम ‘कविता’लाई बदलेर ‘काव्यता’ राखिन् । अहिलेको उनको नाम फेसबुकमा पनि ‘काव्यता’ नै छ ।