logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हजुरबुवालाई सघाउँदै, पढाई खर्च जुटाउँदै ! डुंगा खियाउछन् यी १३ वर्षीय बालक


  • राजनीति
  • शनिबार, पुष १४ २०७५

लमही – आदर्श नमुना माध्यमिक विद्यालय देउपुर कक्षा ६ मा पढ्छन् विनाश चौधरी। अहिले १३ बर्षका भए उनी ।अविनाशको घर लमही नगरपालिका वडा नं। ६ मध्यनगर स्थित राप्ती नदी किनारमा पर्छ। हजुर बुवाले डुङ्गा खियाएको देखेरै उनी समेत डुङ्गा खियाउन जान्‍ने भए।हजुर बुवा धानु चौधरीले राप्ती नदीमा डुङ्गा खियाउन थालेको १२ वर्ष भयो देश सञ्चारले लेखेको छ।

स्कुल बिदाको दिन अविनास आफ्ना साथी आशिष चौधरीलाई लिएर नदीमा पुग्छन्। अविनाशले डुङ्गा खियाउछन् भने उनका साथिले सहयोग गर्छन्। अविनाशले हजुर बुवालाई पालो दिन्छन्।‘स्कुल नहुदा छुट्टीको दिन नदीमा आउछु। म डुंगा खियाउँछु। मेरो साथीले डुंगामा भरिन थालेको पानी फालेर सघाउछन्’अविनाशले भने–‘पानी संग खेल्न रमाईलो लाग्छ।’

गरिब परिवारका अविनास चौधरीका बुवा मजदुरी गर्छन्। हजुर बुवाले डुङ्गा खियार कमाएको केही पैसा नातिलाई दिन्छन्। त्यो पैसाले स्कुलको खर्च टर्छ ।

एउटा व्यक्तिको २० रुपैयाँ शुल्क लाग्छ। मोटरसाईकल पनि डुङ्गाबाट तार्छन्। मोटरसाईकलको शुल्क पनि एक व्यक्ति सरह लिन्छन् ।‘म नास्ता खान जाँदा, कतै काम परेर जाँदा नातिले पालो दिन्छ’ धानु चौधरीले भने–‘नातिले पालो दिँदा सजिलो हुन्छ।’

यो पनि पढ्नुस:  विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण

दमौली, १४ पुस (रासस) ः जिल्ला बालकल्याण समितिले व्यास नगरपालिका–११ राम्चेस्थित सूर्योदय आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

सिर्जनशील बालविकास संस्था पोखराको समन्वयमा समितिले विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई शुक्रबार न्यानो कपडा र झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण न्यानो कपडा नहुँदा विद्यार्थी विद्यालयमा अनुपस्थित हुने क्रम बढ्दो छ, न्यानो कपडाले उनीहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौँ ।”
यसैगरी रोट¥याक्ट क्लब अफ दमौली र रोट¥याक्ट क्लब मनोहरा काठमाडौँले समेत शुक्रबार व्यास नगरपालिका–११ शेरास्थित तातोपानी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरेको थियो ।

अध्ययनकार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त विद्यालयमा अध्ययनरत २६ छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरिएको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विपीन श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार