logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कसले माग्दैछ अर्थमन्त्री र गभर्नरको राजीनामा


  • राजनीति
  • आइतबार, पुष १५ २०७५

गत सातादेखि पुँजी बजार लगानीकर्ताको एउटा समूह सेयर बजार सुधार र विस्तारको माग गर्दै अनसनमा उत्रिएको छ । उनीहरुको माग छ- अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरसहित ६ जनाको राजीनामा ।

प्रेसर ग्रुपको नाम दिएर सेयर लगानीकर्ताहरु अनसनमा उत्रिएका हुन् । अनसन बस्नेमा पूर्वपत्रकारसमेत छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको बर्खास्तीसहितका माग राखेर नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि रिले अनसन शुरु गरेका उनीहरुले सोमबारदेखि आमरण अनसन शुरु गरेका हुन् ।

सोमबारदेखिको आमरण अनसनलाई राजपा नेपा, राप्रपा, नेपाली कांग्रेस (वीपी) लगायतका दलहरुको समर्थन रहेको समेत दाबी गरे । उनीहरुले राजा ज्ञानेन्द्रलाई त ढालियो भने अर्थमन्त्री को हो र भन्ने प्रश्न गरे ।

कांग्रेसका नेताहरुले अनसनस्थलमै पुगेर आन्दोलनमा समर्थन रहेको प्रतिवद्धता जनाएका छन् । सोमबारमात्रै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अनसनस्थलमा पुगेका थिए । कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयसमसेर राणा पनि यसअघि अनसनस्थल पुगेका थिए ।

सोमबार अनसनस्थल अर्थात नेप्सेको कार्यालयअगाडि पुग्दा लगानीकर्ताहरुको ठूलो समूह भेला भएको थियो । आमरण अनसनस्थल वरिपरि सेयर लगानीकर्ताहरु मात्रै होइन, सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो ।

लगानीकर्ताहरु आफ्नो लाखौं, करोडौं रकम डुबेको भन्दै आक्रोशित मुद्रामा प्रस्तुत भए । उनीहरुले वर्तमान अर्थमन्त्रीका कारण पुँजी बजारमा सुधार हुन नसकेको र उनले राजीनामा दिनुपर्ने र पुँजी बजार बुझेको मान्छेलाई अर्थमन्त्री बनाउनुपर्ने लगायतका १३ बुँदे माग सुनाए ।

अब अर्थमन्त्री खतिवडाकोमात्रै होइन, थप ६ जनाको राजीनामा माग गरेको उनीहरुले बताए । अनसनकारीहरुले नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने र एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको समेत बर्खास्तीको माग गरेका छन् ।

प्रेसर ग्रुपका  संयोजक एवं आमरण अनसनकर्ता हरि ढकालले आफूहरुको माग नाजायज नभएको बताए । एकजना पूर्वपत्रकारसँगै आमरण अनसनमा बसेका ढकालले सेयर बजारमा केही माफियाहरु रहेका र उनीहरुलाई ठेगान नलगाएसम्म पुँजी बजार सुधार बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार