राजनीति
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सामुदायिक बहुद्धेश्य भवनको लागि आर्थिक सहयोग गर्ने भएका छन् । पोखरा महानगरपालिका ३१ स्थित बेगनासतालमा रहेको मिलनसार तमु समाजको बहुद्धेश्य भवन निमार्णको लागि गुरुङले आर्थिक सहयोग गर्ने भएका हुन्।
पुष १५ अर्थात तमुहरुको महान् पर्व तमु ल्होछार पर्वको अवसरमा आईतबार बेगनासतालमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा वोल्दै राखेप सदस्य गुरुङले २ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । समाजले आफ्नो कला, संस्कृति सहितको सहयोग आदान प्रदान गर्न पनि आफ्नै भवना बनाउनु पर्नेमा जोड दिदै उनले उक्त भवन निमार्णको लागि थप सहयोग समेत गर्न सकिने जनाए ।
आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग
रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग गरेको बताउनुभयो ।
रु एक लाख ५० हजारको लागतमा दुई थान कम्प्युटर, एक थान प्रिन्टर सहयोग गरेको लेखाअधिकृत मीनबहादुर घर्तीले बताउनुभयो ।
आधारभूत तहअन्तर्गत कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा सञ्चालन गर्न आर्थिक समस्याले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुन सकेको थिएन ।