logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवको केन्द्रिय जनअदालद्धारा केपी ओलीलाइ वारेन्ट जारी


  • राजनीति
  • मंगलबार, पुष १७ २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय जनअदालत रोल्पाले प्रधानमन्त्री केपी शर्मा ओली लाइ ‘वारेन्ट’ जारी गरेको छ ।
एमाले अध्यक्ष समेत रहेका ओलीका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै विप्लव नेतृत्वको पार्टीको रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रवक्ताको नामबाट जारी भएको छ ।
मंगलबार सार्वजनिक भएको वारेन्टपत्रमा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार