राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारी नेपाल वायुसेवा निगमका लागि किनिएको दुुईवटा वाईडबडी जहाजमा घोटाला गरेका संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारी बर्खास्तीमा पर्ने भएका छन ।
अधिकारीलाई मन्त्रीपदबाट हटाएर योगेश भट्टराईलाई नियुुक्त गर्न (ने.क.पा.) का अध्यक्ष एवं प्रधानमन्त्री के.पी शर्मा ओलीले दबाब खेपिरहेको सो पार्टीनिकट एक उच्चपदस्थ नेताले जानकारी दिए ।
यो पनि पढ्नुहोस – वाइडबडी खरिदमा घोटाला : मन्त्री रविन्द्र अधिकारीसहित तीनजना सचिवमाथि कारबाही सिफारिस
तत्कालीन बाम गठबन्धनलाई भोट माग्न ताप्लेजुङ गएका बेला ओलीले भट्टराईलाई जिताए मन्त्रीपद दिने बताएका थिए । तर उनले ताप्लेजुङका मतदातासामु गरेको प्रतिवद्धता सरकार गठनका बेला बिर्सिएका थिए । (ने.क.पा.) का युवानेता भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।
वाईडवडी खरिदमा भएको घोटालाबारे अनुसन्धान गर्न संसदको सार्वजनिक लेखा समितिले एक उपसमिति नै गठन गरेको छ । मंगलबार राती अबेरसम्म बसेको उपसमितिको बैठकले ३८ पृष्ठको प्रतिवेदन तयार गर्दै विमान खरिद प्रकरणमा ४ अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको उल्लेख गरेको छ ।
मन्त्री रविन्द्र अधिकारीसहित सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राइ र शंकर अधिकारी, पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीमाथि कारबाही अघि बढाउन समेत समितिले सिफारिस गरेको छ ।
यसैगरी, एनएसीका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारलाइ जिम्मेवारीबाट तत्काल निलम्बन गरि कारबाही प्रकृया अघि बढाउन संसदीय उपसमितिले सिफारिस गरेको छ । विमान खरिद घोटालामा कंशाकारको संलग्नताबारे थप अनुसन्धान गर्न उनलाइ अख्तियार पठाइने भएको छ ।
सांसद राजेन्द्र के.सी. नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन आज लेखा समितिमा पेश हुँदैछ ।