राजनीति
पोखरा महानगरपालिका ३१ बेगनासमा आगलागि भएको छ । आगलागी हुदाँ तीन जना घाइते भएका छन् ।
बेगनास स्थित महेश सुबेदीको घरमा डेरा गरी बस्ने ४७ बर्षीय सिता परियारले कोठामा बाली राखेको टुकी बत्ती अचानक लड्न गई आगो सल्किदा कोठामा रहेका तीन जना घाइते भएका हुन् ।
घाईते हुनेमा ४७ बर्षियकी सिता परियार उनकी नाती ७ बर्षको निरज परियार र छोरा १० बर्षको सकुल परियार रहेका छन् ।
घाईते भएकाको पश्चिम क्षेत्रीय अस्पताल उपचार भएको छ । आगोलागीबाट लत्ताकपडा, धान १ मुरी गरी करिब २५ हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।
गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द
नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।
बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको छ दशमलव छ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीले क्षति पु¥याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ ।
उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारणलाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ । उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो ।(रासस)