राजनीति
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत काठमाडौंको सेन्ट्रल जेलमा ल्याइएका छन् । राज्य विप्लव मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका राउत यसअघि रौतहट जेलमा थिए । स्रोतका अनुसार राउतलाई बुधबार काठमाडौंको सुनधारास्थित सेन्ट्रल जेलमा ल्याइएको छ।
उनको स्वास्थ्यमा समस्या आएकाले बिहीबार दिउँसो टिचिङ्ग अस्पताल, महाराजगंजमा उपचारका लागि लगिने बताइएको छ । थुनामा रहेका राउतलाई भेटघाटमा भने कडाई गरिएको छ ।