logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बारामा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

बारामा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु भएको छ।

बाराको कलैया उपमहानगरपालिका १ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका १३ वर्षीय छोरा अजयकुमारको उपचारको क्रममा मृत्यु भएको हो ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर फर्काइदिएका थिए ।

यो पनि पढ्न्नुस :

पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट

सुर्खेत जिल्ला अदालतले पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८८६ मुद्दामध्ये ३५५ वटा फछ्र्योट भएको र ५३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताउनुभयो । उहाँले अदालतमा पुराना मुद्दा बाँकी नरहेको जानकारी दिनुभयो ।

अदालतको तथ्यांकअनुसार एक वर्षदेखि १८ महीनासम्मका तीन थान मात्र मुद्दा फछ्र्योट गर्न बाँकी छ । दार्ता भएका अधिकांश मुद्दा जबर्जस्ती करणीका छन् । पाँच महीनाको अवधिमा ४४ जबर्जस्ती करणी २८ बहुविवाह, १० जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए ।त्यसैगरी लागुऔषधका ३४, घरेलु हिंसाका १६ र बालविवाहका दुई मुद्दा दर्ता भएका उक्त अदालतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार