logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

रेशम शपथ खाएर पुनः जेलमै जाने , यस्तो छ कैलाली घटनाक्रम…..


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले बिहीबार  सिंहदरबारमा सांसद्को शपथ लिँदैछन्।  शपथका लागि डिल्लीबजार कारागारबाट चौधरीलाई  सिंहदरबार लगिनेछ।

स्रोतका अनुसार शपथपछि उनलाई पुनः कारागार नै लगिनेछ। संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन्।

सेवा सुविधा रोक्का हुनेछ। भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पाउने छैनन्। प्रतिनिधसभा नियमावलीको २४४(३) अनुसार चौधरी संसद् बैठकमा सहभागी हुन पाउने छैनन्।

यस्तो छ घटनाक्रम

चौधरीलाई कैलाली जिल्ला अदालतले  २०७४ फागुन १४ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। कैलाली घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त घटनाका मुख्य योजनाकार चौधरी रहेको मुख्य आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार