logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यस्तो छ प्रचण्डको भूमिका रेशमलाई शपथ खुवाउन,यसरी मनाए ओलीलाई?


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक राजेन्द्र महतो नेतृत्वको अध्यक्ष मण्डल  पुस १० गते सरकारलाई समर्थन फिर्ता लिने चेतावनी दिद्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका क्रममा पुरानै शैलीमा आफ्नो कथा सुनाउन थालेपछी त्यसअघि पाँच पटकसम्म ज्ञापन पत्र बुझाएका राजपाका नेताहरु आक्रोशित भए। र, अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले भने,‘यो अन्तिम पटक हो। अब वार कि पार गर्नुस्।’

छलफलमा केही चर्काचर्की भएपछि प्रधानमन्त्री ओलीले एक साताको समय मागे को थियो ।राजपाका संयोजक राजेन्द्र महतो र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दिइएको समय अवधि सकिएकै दिन भेटवार्ता भयो। भेटवार्तामा महतोले प्रचण्डलाई सरकारबाट समर्थन फिर्ता लिने प्रष्ट संकेत गरे।

प्रचण्डले प्रधानमन्त्रीसँग कुराकानी गरेर रेशम चौधरीलाई शपथ गराउने र संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्ने आश्वासन दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार