logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ढाकाटोपी र चस्मा लगाए यसरी छिरे चौधरी सिहदरवार…हेर्नुस फोटोहरु


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

काठमाडौँ – डिल्‍लीबजार कारागारबाट  कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरी सिंहदरवार आइपुगेका छन्।

उनलाई संसदका कर्मचारीहरुले सपथस्थलमा पुर्याएका थिए।ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरवार आइपुगेका हुन।

सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसद पदको सपथ लिने कार्यक्रम छ। उनलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका हुन्।

यो पनि हेर्नुस : जाउलो पकाउन सिकाइ

रुक्मेली (रासस) : रुक्मेली समाज विकास केन्द्रद्वारा सञ्चालित सुआहारा कार्यक्रमले जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सीका आमाहरूलाई जाउलो पकाउन सिकाइराखेको छ । बालबालिकालाई कुपोषण तथा विभिन्न रोगबाट बचाउन आफ्नै खेतबारीमा उत्पादन गरेका गेडागुडी र सागसब्जीबाट जाउलो बनाउन सिकाउने गरेको सुआहाराले जनाएको छ ।

बालबालिकाको मानसिक विकास दुई वर्षभित्रमा ८० प्रतिशतसम्म वृद्धि हुने भएकाले बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासमा सन्तुलन होस् भनी जाउलो पकाउन सिकाइएको बताइएको छ । “आफ्नै बारीमा उत्पादित गेडागुडी तथा सागसब्जीबाट बनेको पोषिलो जाउलो आफ्ना सन्तानलाई खुवाइरहेका छाँै,” एक आमाले भन्नुभयो, “पहिले त बच्चाका लागि जाउलो कसरी तयार पार्ने भन्ने कुरा पनि थाहा थिएन ।”

अहिले गाउँपालिका–३ मा मात्र जाउलो पकाउन सिकाएको सुआहाराले क्रमिकरूपमा सबै वडामा यो कार्यक्रम लागू गरिने बताएको छ । सुआहाराले विगत पाँच वर्षदेखि भूमेका तीन वडामा कुपोषित बालबालिकाका लागि पोषण सामग्री पनि वितरण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार