logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

क्रान्तिकारीको लमजुङ अध्यक्षमा सहिद पुत्र शुनिल कुमाल


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

आश तमु ,लमजुङ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को लमजुङ जिल्लाको २१औं समितिको सम्मेलन सम्पन्न भएको छ । लमजुङको बेशिसहरमा सपन्न सम्मेलनले सहिद पुत्र सुनिल कुमालको अध्यक्षतामा १५ जना सदस्यीय जिल्ला कमिटीको गठन गरेको हो। तनहुँ सिसाघाट घर भैइ सानै उमेर देखि बिधार्थी राजनीतिमा लागेका कुमाल सहिद बन बहादुर कुमालका पुत्र हुन। अखिल क्रान्तिकारी कास्की जिल्ला रहेर राजनीति गर्दै आएका कुमाल पछिल्लो क्रम लमजुङमा खटिएका थिय। कुमाल सङ्ग सहकार्य गरिरहेका बिधार्थी समर्थक देखि कार्यकर्ताहरुले सबैले सामान्य जीवन शैली देखि लिएर राजनैतिक स्वच्छ आचरण भएको विधार्थी नेता भएको बताउछन ।


सम्मेलनले आफुलाई जिम्मेवारी प्रदान गरेको भन्दै आफ्ना बाबू लगाएत हजारौ सहिद बेपत्ता तथा घाइते योद्धाहरु देखि लिएर परिबर्तनको खातिर लडेका सबैलाई सम्झिदै क्रान्तिको बाकी अभिभारा पूरा गर्ने बताए । अध्यक्ष कुमालले शिक्षामा देखिएको बेथिति लाई समेत अध्ययन गरेर लमजुङ जिल्लामा शैक्षिक सुधारका निम्ति सङ्गठनलाई परिचालन गर्ने समेत बताएका छन।

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज निरुको विशेष उपस्थिति रहेको क्रान्तिकारीका गण्डक सयोजक मिलन राइले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार