logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कुन आरोपमा मध्यरातमा समातिए क्रान्तिकारीका केन्द्रिय सदस्य काजी गुरुङ


  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

आश गुरुङ, पोखरा– नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाइ प्रहरी गिरफ्तार गरेको छ ।

गए राती ११ बजे पोखराको अमरसिह चोक बाट गिरफ्तार गरेको क्रान्तिकारीका गण्डक संयोजक मिलन राइले जानकारी दिएका छन । सहिद स्मृति आवासीय बिधालयमा भएको भ्रष्टाचारको बिषय उठाएको कारण उनलाइ सुराकीमा समातिएको हुन सक्ने क्रान्तिकारीले जनाएको छ । अहिले उनलाइ रामबजार चौकीमा राखिएको बताइएको छ । यसैबीच यथाशीघ्र रिहाइ नगरे चरणवद्ध संघर्ष गर्ने गण्डक ब्यूरोले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार