राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हाइकमाण्डको बैठक सम्पन्न भएको छ । ग्रामीण वस्तीमा भएको बैठकले राजनीति रुपमा महत्त्वपूर्ण निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।
केहि दिन अगाडी सम्पन्न स्थायी समितिको बैठकमा महासचिव विप्लवको महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले थप ३ महिने अभियान गर्ने निर्णय गरेको छ । अभियानको जिम्मेवारीमा केन्द्रिय नेताहरुलाइ पठाउने निर्णय गरेको बताइएको छ । बैठकले अभियान ससक्त पार्दै देश भर ब्यवस्थित रुपमा संचालन गर्ने स्रोतको दावी छ । विप्लव नेतृत्वको नेकपाको हाइकमाण्ड अर्थात स्थायी समिती ५ जनाको रहेको छ ।