logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भष्ट्रचारीहरुलाई पदमा बस्ने नैतिक अधिकार छैन भन्दै बाबुरामको यस्तो चेतावनी


  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

काठमाडौं -नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइडबडी विमानमा व्यापक भ्रष्टाचार भएका बेला सम्बन्धित अधिकारीहरुलाई पदमा बसीरहनु नैतिकताले नदिने भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टीले विरोध गरेका छन।

पार्टीका सामाजिक-राजनीतिक परिचालन समिति संयोजक नवराज सुवेदीले बिहीबार एक बिज्ञप्ती जारी गर्दै वाइडबडी प्रकरणमा संसदीय उपसमितिबाट दोषी ठहर भएका मन्त्रीहरू, सचिवहरू र निगमका महाप्रबन्धकलाई कारबाही हुनुपर्ने माग गर्दै वाइडबडी भ्रष्टाचारका दोषीलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै उकत दलले दोषीलाइ कारबाही नगरे सशक्त संघर्षमा उत्रिने चेतावनी पनि दिएको छ ।

सार्वजनिक विज्ञप्तिमा भनिएको छ ‘कुनै पनि बहानामा छानबिन उप-समितिको सिफारिश र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहीरो छानबिन गरी सम्पूर्ण दोषीहरुमाथि सिघ्र कडा कार्वाहीको माग गर्दछौँ । दोषीहरुलाई बचाउने दुस्प्रयास कतैबाट भएमा पुनस् संघर्षमा उत्रन बाध्य हुने ब्यहोरा समेत जानकारी गराउँछौँ,’ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार