logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवका तीन केन्द्रीय नेता गिरफ्तार


  • राजनीति
  • शनिबार, पुष २१ २०७५

काठमाडौं- विप्लव समूहका तीन मजदुर नेता पक्राउ परेका छन।व्यापारीहरुलाई चन्दा माग्दै धम्क्याएको आरोपमा उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले थापाथलीबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हाइड्रो तथा खानी मजदुर संगठनका अध्यक्ष लोकेन्द्रराज थापा, उपाध्यक्ष विक्रम थापा र महासचिव केशवबहादुर बुढा छन् ।

यो पनि हेर्नुस 

घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिए

तेमाल गाउँपालिका–७ नं वडा कार्यालयले सञ्चालन गरेको ‘घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिएका छन् ।

अभियानमा वडा कार्यालयबाट दिने सेवासुविधा स्थानीयवासीको घरदैलोमै गएर दिइएको वडाध्यक्ष ज्ञानबहादुर मोक्तानले बताउनुभयो । चारदिने अभियानको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सोमबार कालधारमा उद्घाटन गर्नुभएको थियो ।

अभियानअन्तर्गत मङ्गलबार कुरुबास, बुधबार चापाखोरी, जरदेउ र पाण्डे गैरामा सेवा दिइएको र बिहीबार दुल्खुमा सेवा प्रदान गरी समापन गरिएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, कृषि भेटेरीनरी तथा आवास पुनःनिर्माणका प्राविधिक स्थानीयवासीको घरदैलोमै गएर सेवा दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार