राजनीति
NIMESH JANG RAI
प्रचण्ड र बाबुराम बिचकाे एकता संघर्ष नेपाली कम्युनिस्ट अान्दाेलनमा चर्चा र जिज्ञासा का बिषय रहेका छन्।यिनिहरु सिद्धान्तले अर्थ्यायउने भन्दा माथीकाे महत्त्वकाक्षी,ब्याक्तिबाद,एएकता र अन्तरद्दन्द थियाे।दुवैले एकअर्कालाई जति नै निकट र मिलेकाे देखाउन खाेजेकाे भएपनि वास्तमा एकअर्कालाई हितैसिकाे रुपमा कहिल्यै लिएनन।खालि प्रतिद्दन्दीकाे रुपमा मात्रै लिए।उनिहरुकाे सम्बन्ध का बारेमा नेकपा का महासचिव बिप्लव लेख्नुहुन्छ “राजनीति बैचारिक भन्दा उपयाेगिताबादी बढी थियाे।देखावटी रुपमा प्रचण्ड ले अाफुहरुकाे सम्बन्ध ट्राटस्की र लेनिन काे भनी अर्थ्याउन खाेज्थे।वास्तमा प्रचण्डले बाबुरामलाई दक्षिणपन्थी भन्दा माथि कहिल्यै राखेनन भने बाबुराम ले मध्यमार्गी अबसरवादी र हाेक्जाबादी भन्ने गर्थे।उनिहरु ट्राटस्कि र हाेक्जा भनेर ब्याङग्या गर्थे र हास्थे।”नेपाल मा बहुदल अाएपछि किनारा पुगेका दुई नेतामा एकता देखियाे।र प्रचण्डले जनमाेर्चाकाे जिम्मा बाबुरामलाई दिए।याे जिम्माले बाबुराम राजनीति हिसावले बढी नै फाइदा भयाे।जब पछि फेरि उनिहरु बिच लडाइँ पर्याे बिचमा पम्फा अध्यक्ष बनायपछि बाबुरामलाई दिल्ली गयर पढने धम्की दिए र उनी पुन:अध्यक्ष बन्न सफल रहे।प्रचण्ड बाबुराम काे बाैद्दिकताबाट तर्सिरहन्थे।कताकता उनिहरु अाफुहरु माक्स एंगेल्स भयकाे तर एंगेल्स चाहिँ काे भन्ने थाहा हुदैनथ्यो।बिप्लव लेख्नुहुन्छ “उनिहरु अापसमा कहिले हाेक्जा र ट्राटस्कि त कहिले एंगेल्स बन्थे।उनिहरुकाे सम्बन्ध कमरेडलि भन्दापनि अबसरवादी खालकाे थियाे।जनयुद्धको भिषण प्रकृयामा पनि उनिहरुकाे सम्बन्ध साचाे रहेन।जव बादल लाई कार्बाहि भयाे पुन दुई नेता एक ठाउमा अाए।बादललाइ कमजाेर बनाउनु मा दुबै काे स्वार्थ थियाे।परन्तु २०५४/५५मा त प्रचण्ड बाबुराम काे संघर्ष उत्कर्षमा पुग्याे।”
प्रचण्डले बाबुरामलाई बुर्जुवा,दक्षिणपन्थी,ट्राटस्कि,र तेङ भने भने बाबुराम ले मध्यमार्गी,अवसरबादी,सर्वसत्तावादी,तानशाही,हाेक्जा र स्टालिन भन्न पुगे।र २०५५मा नै पार्टी झन्डै फुटकाे संघारमा पुग्याे।जब प्रचण्डले जनमाेर्चाकाे अध्यक्ष त्यागे बहस नै मत्थर भयाे।
यस्तो अन्तरसंघर्षका बिच राेचक र अाषर्यकुरा २०५६/५७मा भयाे जब दाेश्राे रासमा ‘प्रचण्डपथ’शष्लेषणमा बाबुरामकाे पुर्ण सहमति रहयाे।अनि बाबुराम काे संबिधान सभाकाे कार्यनिति अाम सहमति बन्याे।र प्रचण्ड काे नजरमा बाबुराम काे उच्च मुल्यांकन भयाे।
जब प्रचण्ड ले नेतृत्व केन्द्रीकरणकाे कुरा उठाए बाबुराम ले सामुहिक नेतृत्व काे कुरा उठाइ हाले दुबै का अाफ्ना स्वार्थ थिए प्रचण्ड पार्टी सेना र सत्ताकाे प्रमुख अाफै हुन चाहान्थे भने बाबुराम जनमाेर्चाकाे अध्यक्ष भइराख्न।बाबुराम ले सामुहिक नेतृत्वको कुरा उठाएपछि बाबुराम बिराेधि माेर्चा बनाउन “अाधार इलाका र सेना “बनाउन नमानेकाे भनियाे।किरणकाे गिरफ्तारी पछि भारतकाे निसानामा प्रचण्ड परे त्याे पनि नापेर।प्रचण्ड का लागि बादल घाडाे भए।त्यसपछि बाबुराम र बादलकाे खिचडी बन्याे।र बाबुराम र प्रचण्ड काे लडाइ पुन सुरु भयाे।
खुन्टीवाङमा स्थायी र पिबीबाट राजिनामा दिए।र पुन माेर्चाकाे अध्यक्ष बनाउने भएपछि देखावटी भएपनि कुरा मिल्याे।तर सर्कुलरमा प्रचण्डले चलाखि गरेपछि कार्तिक मा असहमति लेखे।उनकाे असहमति पछि सुचना चुहाएकाे भन्दै बाबुराम काे सेटलाइट कब्जा गरियाे।र सुचना सम्पर्क बिहिन बनाउने काम भयाे।याे संघर्ष चर्किदै गएपछि २०६०मा लाबाङ मा पिबिकाे बैठक बाेलाइयाे र प्रचण्डले प्रस्तावमै बाबुराम लाई ५वटा अाराेप लगाए र लेखे “क लालध्वज जिवनदर्शन मालेमाबादी सर्वहाराबादी भन्दा अाफुले अाफैलाइ बिचारक ठान्ने मनाेगत बाैद्दिक दम्भ र भाग्यले राज गर्न पुर्याउछ भन्ने नित्सेकाे चरम ब्याक्तिबादी प्रबृत्ति बाट निर्देशित छन”।जवाफमा बाबुराम ले ५२बुदे पेशगरे।भने २०६१माघ१२गते ४का बिरुद्ध १२ले बाबुरामलाइ कार्बाहि गर्याे।पार्टी सदस्य नरहनेगरी। र प्रचण्ड यति सम्म गिरे की कार्बाहि पछि “भारतकाे इसरामा बाबुरामलाई लिन सेनाकाे हेलिकप्टर अाउदैछ तयारी र सचेत रहन”भनी जनसेनालाइ निर्देशन दिए।तर संयाेग ले बाबुराम लाई कार्बाहि गरेकै दिन राजा ज्ञानेन्द्र ले कु गरे।राेचककुरा कार्बाहि पश्चात् उनिहरु त्यहि रात नसुति सगैबसे।
र उनिहरुलाइ ज्ञानेन्द्र बिरुद्ध संयुक्त लडन ढाेका खुल्याे।याे बिचमा “काठमाडौ देखि दिल्ली सम्म बाबुराम बचाउ अभियान चल्याे”।केही नेताहरुले त “बाबुराम जनसेनाकाे खाेरमा छन” भने।
२०६२सालकाे चुनुवाङमा बाबुराम काे कार्वाही फुकुवा भयाे।उनलाइ भारत पठाइयाे ।भारत र बाबुरामका लागि दुबै हातमा लडु जस्तै भयाे र ज्ञानेन्द्र बिरुद्ध भारतले साथ दिने बचनदिएपछि प्रचण्ड पनि रातारात भारत हानिय।र सत्ता र शक्ति बाडफाटमा कुरा मिलेपछि देखावटी नै हाेस उनिहरु एकठाउमा देखिए।पछि बाबुराम कै मध्यस्थता मा भारतमा ८ र १२ बुदे सहमति गरियाे।शान्ति प्रकृयासंगै फेरि उनिहरुमा सत्ता उपयाेका बिषयमा खटपट सुरु भयाे। पालुङटारमा रक प्रस्ताव नै पेश गरे संबिधानसभाकाे छैटौं बिस्तारित बैठकसम्म प्रचण्ड बाबुराम काे संघर्ष नया सन्दर्भ सहित अायाे। विप्लव अगाडि लेख्छन “अन्तत उनिहरु माअाेबादी पार्टी र क्रान्तिकारी छविलाइ समाप्त पारेर कल्पना नै नगरिएकाे बिकृत,भ्रष्ट,बिचलित र बिघठित पार्टी वनाउन पुगे।”बाबुराम काे प्रष्ट र प्रचण्ड काे रकमी” भुमिका रहयाे। उनिहरुले एकअर्कालाई लगाएका अाराेप गलत सावित भएर चरम निम्न पुजीवादी महत्वकाक्षा र अादर्श नभएका अस्थिर पात्र सावित भए”।अन्तत प्रचण्ड सामाजिक पुजिवादी पार्टी एमालेकाे पछि लागे भने बाबुराम माक्र्सवाद नै छाेडेर भागे।
महापतन बाट