logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पुर्बमाओबादी केन्द्रको पुरा गाउँ कमिटी नै विप्लवको पार्टीमा प्रवेश


  • राजनीति
  • शनिबार, पुष २१ २०७५

विप्लव नेतृत्वको नेकपाले संगठन बिस्तार तथा सुदृढीकरण अभियानलाइ तिब्रता दिएको छ । राप्ती ब्युरो अंतरगत दाङकाे डुरुवामा तत्कालीन माअाेवादी केन्द्रकाे सिङ्गो गाउँ कमिटी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ ।

तत्कालीन माअाेवादी केन्द्र डुरुवा गाउँ कमिटीका अध्यक्ष शिव सुवेदीको नेतृत्वमा रहेको १५ सदस्यीय सिङ्गो गाउँ कमिटीका सदस्यहरु नेपाल कम्युनिस्ट पार्टी दाङमा प्रवेश गरेका छन् ।

१० वर्षे जनयुद्धका उदेश्य र भावनालाई घात गर्दै प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको भन्दै उनीहरूले जनयुद्धको उदेश्यलाई पूरा गर्न एकीकृत जनक्रान्तिमा प्रतिबद्ध हुने वाचा गर्दै नेपाल कम्युनिस्ट पार्टीमा अाएको बताएका छन् ।

त्यस्तै पुर्व माअाेवादी केन्द्र ४ नम्बर क्षेत्रका वाइसीएल इन्चार्ज तुलसी चाैधरी पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । अाज एक कार्यक्रमबिच पार्टीमा धुब्रिकृत भएर अाउनेहरुलाई स्वागत तथा सम्मान गरिएको ने.क.पा. दाङ समितिले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार