logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डदुवा दुर्छा लमजुङ तमु समाजको ल्होसारको शुभकामना स्योकै कार्यक्रम


  • राजनीति
  • आइतबार, पुष २२ २०७५

आशतमु, पोखरा-श्री डदुवा दुर्छा लमजुङ तमु समाज पोखराले तमुहरुको महान चाड फो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा स्योकै कार्यक्रम गरी आफ्नै समाजघर जनप्रिय टोलमा भव्य रुपमा मनाएका छन।

शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै सस्थाका सस्थापक अध्यक्ष एवम समाजका परिकल्पना कार ईनिस्पेक्टर समाजसेवी धनपती तमुले समाजले पछिल्लो समय गरेको प्रगतीकोव्याख्या गर्दै आगामी दिनमा पनि यही रफ्तारले अघि बढ्न शुभकामना दिएका छन। “समाजका गठन गर्न पहिलो दिनहरुलाई सम्झदै गुरुङले निकै कष्ट गरिएको समेत बताए।सुरुवाती दिनहरुमा घर दैलो गर्दै हामी सबैको घर दैलो पुग्यौ ,सवैलाई समाजमा वस्न आग्रह गरौ,निकै दुख भयो, पहिला  अहिले समाजको आफ्नै भवन छ,समाजमा १०० घर धुरी भन्दा बढी सद्स्य छ। पहिला हामीले गरेको दुखले अहिले सफलता पाएको छ” उनले भने।

कार्यक्रममा बोल्दै बिशेष अतिथि तमु प्ये ल्हुँ संघ कास्कीका अध्यक्ष ओम पच्यु तमुले प्ये ता ल्हुता सरंक्षण देखी लिएर समाजको आफ्नै गतिबिधिमा समाजले आफ्नो छुटै पहिचान निर्माण गरेको भन्दै आगामी दिनमा अझै यसलाई निरन्तरता दिनु पर्ने बताए।

समाजका अध्यक्ष सु मे भिम ब तमुले कार्यक्रममा सहभागी सबैलाई ल्होसारको शुभकामना सहित आभार प्रकट समेत गरेका छन। कार्यक्रममा समाजका सचिव क्रिपा क्रोम्छे तमु लगाएतले आ आफ्ना भनाईहरु राखेका थिय।

कार्यक्रममा समाजका युवाहरुले बिभिन्न सांस्क्रितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिय।

तस्बिर सौजन्य- धनप्यारी तमु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार