तत्कालीन नेकपा(माओवादी)ले जनयु’द्धको शंखघोष गर्ने बेलामा देश र जनता सग केहि वाचा गरेको थियो । जसलाइ जनयु’द्धको एउटा महत्त्वपूर्ण प्रतिवद्धताको रुपमा ग्रहण गरिन्छ । २०५१ सालको बैठक बाट जनता सग ७ प्रतिवद्धता जनाएको थियो । ति यसप्रकार छन ।
१.हाम्रो याेजना क्रा’न्तिकारी हिं’सा सम्बन्धि मालेमावादका शिक्षामा अाधारित हुनेछ।हाम्रो देशकाे बिशिस्टता अनुसार गाउबाट शहर घर्ने रणनीतिमा आधारित जनयु’द्धको रुपमा अघि बढने यश प्रक्रियाकाे अपराजय माक्र्सवादी शैन्य सिद्धान्तका रुपमा जनयु’द्धको सिद्धान्त प्रति अबिचलित रहने प्रतिबद्धता
२.जनयु’द्धको थालनी हाम्रो याे याेजना राज्यसत्ता बाहेक सबै भ्रम हाे भन्ने मान्यतामा आधारित हुनेछ। जनताको निम्ति राजनीति सत्ता कब्जामा गर्नु नै स’शस्त्र सं’घर्ष काे प्रमुख उदेश्य हाे भन्ने कुरामा दृढ रहि यस प्रश्नमा देखापर्ने अर्थवाद,सुधारवाद,अराजकतावाद लगायत सबै प्रकारका बिचलनकारी चिन्तन र प्रबृत्तिका बिरुद्व निरन्तर सं’घर्ष गर्न पार्टी आफ्नाे प्रतिबद्धता जाहेर गर्दछ।
३.हाम्रो याेजना सामान्तबाद र साम्रराज्यवादलाइ ध्वस्त गरि नया जनबादी क्रा’न्ति पूरा गर्ने त्यसकाे लगत्तै समाजवादी क्रा’न्ति मा अघि बढने तथा सर्वहारा अधिनायकत्व काे क्रा’न्ति जारी राख्ने सिद्धान्तका आधारमा सास्कृतिक क्रा’न्तिहरु चलाउदै मानवजातीकै स्वर्णिम भबिस्य साम्यवाद काे स्थापनासम्म जाने उदेश्यमा आधारित हुनेछ। “एक पटक ह’तियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढता बिना सशस्त्र संघ’र्षकाे थालनि गर्नु सर्वहारावर्ग एव आमजनताप्रति अप’राध हुने कुरामा हामी दृढ छाै” । याे सं’घर्ष जनताकाे मनास्थितिमा अांसिक सुधार गर्ने प्रतिक्रियावादीहरुलाइ दवाव दिई सामान्य सम्झाैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन।यसरी हाम्रो स’शस्त्र सं’घर्ष सबै प्रकारका निम्नपुजीवादी, संकिण, राष्टबादी,धार्मिक,साम्प्रदायिक एव जातिवादी बिभ्रहरुबाट पुर्ण रुपले मुक्त हुनेछ।
४.याे याेजना सर्वहारा अन्तराष्ट्रवादकाे महान भावनामा आधारित रहनेछ। नेपाली क्रा’न्ति बिश्व सर्वहाराबर्गकाे अभिन्न अंग हाे यसले बिश्वक्रा’न्तिकाे सेवा गर्ने छ । हाम्रो पार्टी यस सन्दर्भमा मालेमावादकाे निर्देशनमा बिश्वक्रा’न्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय काे निमार्णकाे दिशामा अघिबढिरहेकाे क्रा’न्तिकारी अन्तर्राष्ट्रियतावादी आ’न्दोलन रिम (जसकाे सदस्य हाम्रो पार्टी पनि छ)काे बिकास मा अझ बढी सहयाेग पुर्याउने कुरालाइ गंभिरतापुर्वक लिन्छ।
५.हाम्रो याेजना नयाँ जनवादी क्रा’न्तिकालमा सर्वहाराबर्गकाे क्रा’न्तिकारी संयुक्त माेर्चा र क्रा’न्तिकारी सेना निर्माणकाे सैद्धान्तिक मान्यतामा आधारित हुनेछ। अन्तरबि’राेधकाे नियमकाे सार्बभाैमिकताका अनुसार पार्टी भित्री सं’घर्षलाई द्व’न्द्वात्मक ढंगले ग्रहण त्यसलाई संन्चालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हरक्षेत्रमा त्यसकाे नेतृत्व स्थापित गर्नु हृदयले जनताकाे सेवा गर्ने,जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नेे जनादेशकाे सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ।
६.हाम्रो याेजना सर्वहाराबर्गकाे पार्टीको स्वतन्त्र आत्मानिर्णयकाे अधिकारकाे मान्यता अनुसार बन्नेछ। पार्टीको नेतृत्वमा सामान्तबाद र साम्राज्यवाद बि’राेधी सबै तह र तप्काका जनसमुदायलाई गाेलबन्द गर्दै स’शस्त्र संघ’र्ष संन्चालन गरिनेछ।कृषि क्रा’न्तिलाई मेरुदण्ड मानी हाम्रो स’शस्त्र सं’घर्ष श्रमजीवी जनसमुदायको मुख्यतः गरिव किसानहरुमाथि भर परेर चल्नेछ। कहिल्यै र कुनैपनि हालतमा पार्टी बिदेशि एव प्रतिक्रियावादी गुटहरुकाे दवाव ध’म्कि र प्रलाेभनमा पर्ने छैन।
७.जनयुद्ध आफ्नै नियम अनुसार त्याे सरल रेखामा हाेइन, जटिल बक्ररेखामा अघि बढनेछ। लेनिनको क्रा’न्ति आफैले आफ्नाे बिकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति श्रृजना गर्दछ भन्ने कुरालाई आत्मासात गरेर जानू जरुरी छ। जित र हार उपलब्धि र क्षेतिका च्रकहरु पार गरेर नै जनयु’द्ध बिजयी बनने छ। ख’राब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरबि’राेधकाे नियमलाइ ठिक ढंगले पकडेर नै हामिले जनयु’द्धको नेतृत्व गर्नसक्ने छाै ।