राजनीति
पोखरा- फौजदारी मुद्दा लागेको मान्छेलाई जेलबाट निकालेर शपथ खुवाउनुको पछाडि ठूलो डिजाइन भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सनसनी पुर्ण खुलासा गरेका छन ।
रेशम चौधरीलाई सांसदको सपथ खुवाएकोमा आपत्ती प्रकट गर्दै सबैभन्दा पहिला रेशम चौधरीलाई त्यो घटनामा उचाल्ने काममा अहिलेका उपप्रधानमन्त्री, काँग्रेसभित्रका केही सांसदहरू, राजपाका सांसदहरू रहेको भन्दै उनीहरूले टीकापुरमा गएर भड्काएको आरोप लगाएका छन।
केसीले केही दिन पहिला आफु कैलाली गएको बेला अझै पनि त्यहाँ पहाडिया र मधेशीहरू बीचमा अन्तर्विरोध नेताहरुले नै फैलाएको बाताए । “त्यो घटनापछि एकआपसमा बोलचाल अझै छैन” उनने भने ,”नेताहरुले नै थारु र पहाडियाहरूको बीचमा घृणा फैलाउने कुरामा खुलेआम आमसभा गरे त्यो बेला । डडेलधुरा, डोटी बैतडी लगायतबाट डोकानाम्ला बोकेर आएकाहरूलाई, जहाँबाट आएका हुन् उहीँ पुर्याउनुस् भनेर खुलेआम भाषण गरे यिनीहरूले,बाह्य शक्ति केन्द्रहरूले नेपालमा जातीय द्वन्द्व फैलाउन सङ्घीयताको आवरणमा जातीय राज्य बनाउने कोशिस गरे तर त्यसमा असफल भए । त्यसमा असफल भए पनि उनीहरूले जातीय घृणा उब्जाइदिएका छन् । यसैको परिणाम हो भन्दै खुलाएका छन।
अहिले अमेरिकन, युरोपियनहरूले नेपाली समाजमा जातीय घृणा फैलाउनका लागि प्रयास गरेका छन् । त्यही सिलसिलामा काँग्रेसका केही नेता, राजपाका जिम्मेवार नेताहरू र स्वयम् अहिलेका उपप्रधानमन्त्री टीकापुर गएर जातीय विष बमन गर्नु, त्यो विस्फोटन थियो । टीकापुरको घटना घटाउनुमा रेशम चौधरी अगुवाइ हो । उसलाई उपयोग गरेका हुन् शक्तिकेन्द्रहरूले । त्यही रेशम चौधरीलाई चोख्याउनका लागि चुनावमा हरेक हतकन्ड अपनाएर सांसदमा विजय गराए । रातोपाटीकर्मी बबिता शर्मासँग आफ्ना भनाइ राख्ने क्रममा केसीले यी कुराको खुलासा गरेका हुन।