राजनीति
पोखरामा फोहर उठाउने गाडीमा नवजात शिशुको शव पाइएको छ।
नवजात शिशुको शव सोमबार पोखरा–१७, बिरौटाको अन्नपूर्णमार्ग र यज्ञशाला मार्गबाट फोहर उठाएर आएको गाडीमा तन्नाले बेरेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङका अनुसार ‘फोहर उठाएर आएको गाडी डम्पिङ साइटमा लगेर फोहर छुट्टयाउने क्रममा छोरा जातको नवजात शिशुको शव तन्नाले बेरेको अवस्थामा फेला परेको बताउदै घटनाको गम्भीर अनुसन्धान गरिएको बताएका छन।
फोहर उठाइएको टोलबारे प्रहरी जानकार रहेको हुँदा अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर आउने आशा पनि उनले व्यक्त गरे ।