राजनीति
पोखरा- पोखरा महानगरपालिकाले मापदण्ड मिचेर बनाएका तीन जना जनप्रतिनिधिको घरमा आज डोजर लागाएर भत्काएको छ ।
पोखरा महानगरपालिकाले मापदण्ड बिपरित बनाएका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ कै जमुना क्षेत्रीको घर भत्काएको हो ।
पोखरा महानगरपालिमा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलामा मापदण्डविपरीत घर बनाएकी थिई ।
घर भत्काउन गएको डोजरलाई रोक्न वडा सदस्य परियारले धेरै प्रयास गरेकी थिई ।नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर उहाँलाई नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।
त्यस्तै महानगरपालिकाको पर्ती जग्गामा अनुमति नलिई बनाइएको पोखरा महानगरपालिका वडा नम्बर ५ धारापानीमा रहेको भरत लिगलको घर पनि आज नै महानगरपालिकाले भत्काएको हो ।
त्यस्तै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड भित्र बनाएको जमुना क्षेत्रीको घर पनि महानगरपालिकाले भत्काएको वडानम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो ।