logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रिय अनुसन्धान विभागमा नयाँ प्रमुख नियुक्त,पुरानालाई समय अगावै पदमुक्त


  • राजनीति
  • मंगलबार, पुष २४ २०७५

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मीलाई सरकारले जिम्मेवारीबाट हटाएको छ। विभागको नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त भएका छन्।

यदपी रेग्मीको जेठ १५ सम्म म्याद थियो। साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका लागि नयाँ कानून बनाएसँगै उनीलाई हटाएका हुन्।  मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय मातहत अाएको विभागका प्रमुख रेग्मीकाे कार्यसम्पादन क्षमता कमजाेर रहेकाे ठहर गर्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे।विभागकाे प्रमुखमा प्रशासन विभाग प्रमुख रहेकाे गणेश अधिकारीलाई नियुक्त गरेकाे छ।

केपी ओलीको नेतृत्वमा वाम गठबन्धन सरकार बनेपछि पहिले गृह मन्त्रालय अन्तरगत रहेकाे विभागलाई प्रधानमन्त्री मातहत ल्याइएको हो। राष्ट्रिय अनुसन्धान विभाग देशको एकमात्र आन्तरिक तथा बाह्य गुप्तचरी निकाय हो।

देशभित्र र बाहिर रहेका नेपाली दुतावासमा गरी विभागका २३ सय अधिकारी कार्यरत छन्।

विगतमा गृहमन्त्रालय अन्तरगत रहँदा राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्री आवद्ध पार्टीका कार्यकर्ता भर्ती गर्ने अखडा बनेकाे अाराेप लाग्ने गरेकाे थियाे। देशको एक मात्र गुप्तचर विभाग पंगु हुन पुग्दा सरकारका लागि आवश्यक गोप्य सूचनाकै अभाव हुने गरेको सरकारकै निकायहरु स्विकार गर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार