राजनीति
संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–५ नुममा दुई दिदीबहिनी स्कुल जाने उमेरमा गिट्टी कुटेर भविष्य खोज्दै छन् । उनीहरू ढुंगालाई टुक्रा–टुक्रा बनाएर भविष्य खोजिरहेका छन् ।
१३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हातमा ठेलै ठेलाले भरिएका छन् । पढाइबाट वञ्चित भएपछि यी दिदीबहिनीका कलिला हातले गिट्टी कुट्दै दिनचर्या वित्ने गरेको छ । सगैका साथीहरू हातमा कलम, कापी र किताब च्यापेर स्कुल गइरहँदा दुई तामाङ दिदीबहिनी भने घन हातमा लिएर ढुंगासँग पौठेजोरी खेल्नु परेको छ ।भविन कार्कीको समाचार राजधानी दैनिकबाट साभार गरेका छौ।
पढ्ने रहर अधुरै रहेपछि दिदीबहिनीले किमाथाङ्का–विराटनगर सडक आसपास गिट्टी कुट्ने गरेको उनले सुनाए ।पूर्णीमायाले पहिलो श्रीमान्को मृत्युपछि दोस्रो विवाह गरेकी थिइन् । प्रशान्त र लाक्पा पहिलो श्रीमान्तर्फका हुन् भने जुना र लक्षी दोस्रोपट्टिका । प्रशान्तले भाइबहिनीलाई साथमा राखेका छन । सोलुमा भएको घरजग्गाले खान नपुग्ने र सहारा दिने कोही नभएपछि काम खोज्दै तीन वर्षअघि मकालु गाउँपालिका आइपुगेको उनले सुनाए । उनका अनुसार सोताङकै स्कुलमा पछि जन्मदर्ता पेस गर्ने सर्तमा जुनाले ४ र लक्षीले २ कक्षासम्म पढे । आमाको मृत्यु र बाबु बेपत्ता भएपछि स्कुलले जन्मदर्ता खोज्यो । त्यसपछि पढाइ रोकिएको उनको भनाइ छ ।
उनका श्रीमती र छोरासहित ६ जनाको परिवारले गिट्टी कुटेर गुजारा चलाइरहेको छ । एक सातामा एक ट्र्याक्टर गिट्टी तयार पार्छन् । ६ देखि ७ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए । दिनभरको कमाइले कोठाको भाडा तिर्न र खान धौधौ परिरहेको उनको भनाइ छ ।