logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

गुरुङ रिहाई भए लगतै कास्कीको शैक्षिक हड्ताल फिर्ता


  • राजनीति
  • मंगलबार, पुष २४ २०७५

आश गुरुङ, पोखरा– अखिल क्रान्तिकारी कास्कीले पुस २५ गते शैक्षिक हड्ताल फिर्ता लिएको छ।

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाइ अदालतले साधारण तारेखमा रिहा गरेपछी शैक्षिक हड्ताल फिर्ता लिएको हो।

बुधवार राती ११ बजे पोखराको अमरसिह चोकबाट गुरुङलाई गिरफ्तार गरेको थियो।प्रहरीले गिरफ्तार गरेको विरोधमा हड्ताल घोषणा गरेको थियो।

सहिद स्मृति आवासीय बिधालयमा भएको भ्रष्टाचारको बिषय उठाएको कारण उनलाइ सुराकीमा समातिएको हुन सक्ने क्रान्तिकारीले जनाएको छ ।

उनलाइ यसैबीच यथाशीघ्र रिहाइ नगरे चरणवद्ध संघर्ष घोषणा गरेको सङगठनले काजीको रिहाई लगतै भोली भनिएको हडताल फिर्ता लिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार