logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

५० रुपैयाँमा ट्राफिक प्रहरीले घुस दिन खोज्दा


  • राजनीति
  • बुधबार, पुष २५ २०७५

प्रहरीलाई ५० रुपैयाँ घुस दिन खोज्दा भक्तपुरको सूर्यविनायक नगरपालिका-८, जगातीमा टिपरका सहचालक पक्राउ परेका छन्।

बुधबार बिहान  काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ८२१५ नम्बरको टिपर जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन खोजेको आरोपमा सहचालक सूर्यबहादुर तामाङ पक्राउ परेका हुन्।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भएका २५ वर्षीय तामाङलाई घुस दिन खोजेको ५० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीको दाबी छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार