logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

युवतीविरुद्ध एक युवकले आफ्नो मन चोरेको भन्दै मुद्दा


  • राजनीति
  • बुधबार, पुष २५ २०७५

एक युवकले आफ्नो मन चोरेको भन्दै युवतीविरुद्ध चोरीको मुद्दा दर्ता गर्न भारतको नागपुरमा प्रहरी कार्यालय पुगेका छन् ।

नागपुरस्थित एक प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएका ती युवकलाई देखेर प्रहरीसमेत अचम्मित भएका थिए ।एक युवतीले मेरो मन चोरेको बताउँदै उनी प्रहरीकोमा पुगेको हो।

हालै भएको यो घटनामा ती युवकले मन चोर्ने युवतीविरुद्ध मुद्दा दर्ता गराएर आफ्नो चोरिएको मन समेत फिर्ता गर्न चाहेका थिए ।

एकछिन छलफल गरेपछि प्रहरीले भारतमा यससम्बन्धमा कुनै कानुन नभएको भन्दै मुद्दा दर्ता नगरी ती युवकलाई फर्काएका थिए । हालसालै भारतमा चोरी भएको ८२ लाख रुपैयाँ फिर्ता गर्ने कार्यक्रममा एक प्रहरी अधिकारीले यो घटनाको खुलासा गरेका थिए ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार