logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यस्तो छ अमिताले लुकाइदिएकाे गाेपाल खड्का काे सम्पति बिवरण


  • अाश तमु
  • बिहिबार, पुष २६ २०७५

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदमा रहँदा गैरकनुनी रुपमा कमाएको सम्पत्ति अर्कैको नाममा राखेको भेटिएको थियाे।

खड्काले अवैध रुपमा कमाएको सम्पत्तिमध्ये सात करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ अमिता लामाको नाममा लुकाएर राखेको अख्तियारले फेला पारेकाे ।  लामाका नाममा एनएमवी बैंकमा रहेको खाताबाट खड्काले नै कारोबार गर्ने गरको खुलेको थियाे।यस्तो छ अमिता लामाकाे नामकाे कराेडाै सम्पति।

सम्पत्ति नम्बर १ :

काठमाडौं जिल्ला साविक माहांकाल गाविस वडा नम्बर ४ स्थित कित्ता नंम्बर १९१ मा सिजी डेभलपर्सले निर्माण गरेको सिजी हिल्स हात्तीगौंडामा मूल्य रु ३,२५,००,००० (तीन करोड पच्चीस लाख) मा खरिद गरेको कित्ता नम्बर ३२ को घर र जग्गा ।

सम्पत्ति नम्बर २ :

काठमाडौं जिल्ला साविक विष्णु बूढानिलकण्ठ गाविस वडा नम्बर ३ ‘ख’ स्थित कित्ता नम्बर ६८९, १४८२ र १५२० को मूल्य रु ४०,११,८७५ (चालिस लाख एघार हजार आठ सय पचहत्तर) मा खरिद गरेको ८ आना क्षेत्रफल भएको जग्गा ।

सम्पत्ति नम्बर ३ :

काठमाडौं जिल्ला साविक महांकाल गाविस वडा नम्बर ४ स्थित कित्ता नम्बर ३५० मा सिजी डेभलपर्सले निर्माण गरेको घर नं २२ खरिद गर्नका लागि भुक्तानी गरेको ३,०५,००,००० (तीन करोड पाँच लाख) रुपैयाँ ।

सम्पत्ति नम्बर ४ :

मूल्य रु. ८४,४६,००० (चौरासी लाख छयालिस हजार) मा किनिएको बा १४च ४८४८ नम्बरको टक्सन कार ।

यसरी खड्काले गैरकानुनी ढङ्बाट कमाएको सम्पत्ति अर्कै पात्र खडा गरी अमिता लामाको नाममा राखेको पाइएको छ । त्यतिमात्रै होइन, खड्काले अमिताको नाममा विभिन्न बैंकमा खाता खोली आँफैले सञ्चालन गरेको पाइएको छ

अमिताले ठूलो ड्याडी भनी सम्बोधन गर्ने गरेका गोपाल खड्काले रक्तनाताले कुनै पनि सम्बन्ध नरहेका अमितामाथि कुन नातासम्बन्धमा आधारमा उनका नाममा त्यतिका अकूत सम्पत्ति थुपारिदिएका होलान् त ? अहिले मानिसहरु प्रश्न गर्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार