राजनीति
काठमाडौं- पूर्वकानुनमन्त्री शेरबहादुर तामाङका श्रीमति प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको काजकिरिया गरेकी छन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा लक्ष्मीको निधन भएको हो । आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।
आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै सांसद तामाङले फेसबुकमा यस्तो लेखेका छन्-
‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आˆनो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’