logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

वडा नं ७ का वडाध्यक्ष बराल बाटोमा रोपिएको विरुवामा पानी हाल्दै


  • राजनीति
  • बिहिबार, पुष २६ २०७५

पोखरा – पर्यटकिय क्षेत्रको रुपमा परिचित लेकसाइड छिर्ने बाटोमा डिहिको पाटन देखी जरेबर सम्ममा रहेका पोखरा महानगरपालिकाले बनाएको करिब ३ सय ५० मिटर सम्मको क्षेत्रमा रहेका डिभाइडरहरुमा होटल प्रतिनिधि समाज पोखराले लेकसाइडकोे मेन हाईवेयमा रहेका रोड डिभाइडरमा फुलबारी निर्माण गरि वडालाई प्रदान गरिएको थियो।

वडा नं ७ का वडाध्यक्ष रामचन्द्र बरालज्यू यसरी बाटोमा रोपिएको विरुवामा एकाविहानै भिज्दै पानी हाल्दै हुनुहुन्थ्यो । हामीले शान्तिनगरचोकमा बाटो क्रस गर्दै गर्दा उहाँ यसरी नै तस्विरमा झैं अघि बढिरहनु भएको थियो ।

तस्बिर राजेन्द्र अधिकारी

नेकपाको संसदीय दलको कार्यालय अब एकै ठाँउमा

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) गठन भएको आठ महिनापछि सो दलको संसदीय दलको कार्यालयको व्यवस्थापन एक ठाउँमा हुने भएको छ ।

नेकपा बनेपछि पनि सिंहदरबारभित्र संसदीय दलको कार्यालय हालसम्म छुट्टा छुट्टै रहेका छन् । पूर्व एमाले र पूर्व माओवादीका संसदीय दलमा ती दलसँग आवद्ध सांसदहरूको कार्यालय यथावत रहेका छन् । ती सांसदहरूको सबै काम ती कार्यालयहरुबाट हुने गरेको छ । एउटै दलको संसदीय दलको कार्यालय दुईतिर हुँदा कर्मचारी पनि त्यहीअनुसार व्यवस्थापन गरिएका थिए ।

नेकपाको बोर्ड लगाएर एउटै पार्टीका दुईतिर संसदीय दलको कार्यालय हुँदा काम गर्न समस्या हुने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । एक महिनाभित्र पूर्व एमालेको संसदीय दलमा नेकपाको संसदीय दलको कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ । पूर्व एमालेको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी नारायणप्रसाद खनालले एक महिनाभित्र नेकपाको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार