रणनीति प्रत्याक्रमणकाे बिकेन्दिकृत कार्वाही अनुरुप २०६२ साउन २३ गते शाही नेपाली सेनाकाे कालिकाेटकाे पिलि स्थित बेश क्याम्प मा अाक्रमण गरि सान्दार बिजय हासिल गर्याे।
याे एक बिशिष्ट घडिमा पश्चिम कमान्ड अन्तर्गत काे केन्द्रीकृत शैन्य शक्ति पश्चिम डिभिजन ले अाक्रमण गरि पहिलाे पटक भारतले दिएकाे शैन्य प्रबिधि असफल भएकाे थियाे।भारतले नेपाल का माअाेबादी बिरुद्ध विभिन्न सहयाेग गर्दैअाएकाे भएपनि शैन्य प्रबिधि पिलिमा पराजित मात्र भएन ध्वस्त नै भयाे।
याे पराजय बारे सुधिर शर्मा बहुचर्चित पुस्तक प्रयाेगशालामा लेख्छन “भारतले दिएकाे इन्सास राइफल कमसम भएका कारण २०६२ साउनकाे पिलि भिडन्तमा माअाेबादीसंग हारिएकाे दावी नेपाली सेनाले गरेपछि उसलाई अाड दिदै अाएका भारतिय जर्नेलहरु समेत चिढिए”
याे हमलापछि शाहीसेनाले भारतिय इन्सास राइफलका कारण हारेकाे भन्याे भने उता भारतले अाफुहरु यहि हतियारले जम्मुकाश्विरमा लडिरहेको प्रतिजवाफ दियाे।
कार्वाही काे फाैजी कमान्ड जनार्दन शर्मा प्रभाकर एब राजनीति कमान्ड पाेष्ट बहादुर बाेगटीले गरेका थिए।तर प्रभाकार र प्रचण्ड काे राम्रो सम्बन्ध नभएकाले प्रचण्डले तत्कालीन पाेलिटब्युराे सदस्य प्रकाण्डलाइ फिल्डमा पठायकाे बुझिन्छ।
कार्बाहिबारे तत्कालीन डिभिजन सहायक कमान्डर तथा हाल नेकपाका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ लेख्छन “पिलि कार्वाही एकातिर जनयुद्धको अान्तरिक जिवनमा उयपुक्त प्रश्नहरुकाे जवाफ थियाे भने अर्कोतिर जनयुद्धको इतिहास मै धेरै स्वचालित हतियारहरु कब्जा काे एेतिहासिक कार्वाही बन्न पुग्याे।
पिलिमा सहभागी जनसेनाका बिग्रेड कमान्डर दुर्गा चाैधरी ‘सन्ताेष’ स्मरण गर्दै भन्छन “दिउसै जिपिएमजी र ८१ एमएम माेर्टारबाट अाक्रमण सुरु गरियाे।त्यसपछि एसाल्ट ग्रुपहरु तिनतिरबाट घेराबन्दी गर्दैगए हमलाकाे पहिलाे चरण सकियपछि तिनतिरबाट ब्रिगेडहरु काडेतार काटदै अगाडि बढे।सबै तिरबाट राम्रो समन्वय मिलायर एकसाथ हमला गरियकाे थियाे।काडेतर काटदासम्म दुश्मनले थाहा पाएन दाेश्राे चरणमा जब एकसाथ हमला भयाे उनिहरुमाथि ठुलाे दवाव श्रृजना भयाे।अन्तत शाहिस्ना अात्मासमर्पण गर्न बाध्य भयाे।कर्नेल लुकेर ज्यान जाेगाउन सफल भए।”
उक्त लडाइँमा जनसेना तर्फ २ दर्जन र शाहिसेनाका १५९ जनाकाे मृत्यु भयाे। ६४ जना बन्दी भए।उनिहरुमध्य केही ससम्मान छाेडियाे।
उक्त कार्वाही मा १ थान मिमि मार्टार,१ थान जिपिएमजी,२थान टुइन्च,२ थान एसएमजी,८० थान एसएलअार,७०दथान इन्सास,र २० थान एलएमजी कब्जा भए।