प्रकृति समाज र चिन्तनकाे अस्तित्व एव बिकासका प्रक्रियामा निर्णायक भुमिका खेल्ने तथा सार्वभौम चरित्रका ३वटा नियमहरु द्वन्द्वात्मक भाैतिकबादका मुल नियम हुन्।
१.प्रतिपक्षकाे एकता र संघर्षकाे नियम
सबैबस्तु र घटनाहरुमा परस्पर बिराेधीपक्षहरु सतनिहित हुन्छन् ।ती सबैले अभिन्न सम्बन्ध अर्थात प्रतिपक्षकाे घनिष्ठ एकत्वकाे प्रतिनिधित्व गर्दछन।जस्तैः प्रतिपक्षहरुकाे एकता नै संघर्षकाे निर्मित चाहिने अबस्थाकाे श्रृजना गर्दछ।किनकि संघर्ष त्यहि मात्र हुनसक्दछ जहाँ एउटै बस्तु वा घटनामा परस्पर बिराेधी पक्षहरुकाे अस्तित्व रहन्छ।
२.मात्राबाट गुणमा परिवर्तनको नियम
जुन स्वभावैले कुनै बस्तुलाइ अन्य बस्तुबाट अलग्याकाे हुन्छ अरु अनगिन्ती बस्तुबाट पनि छुटाइएकाे हुन्छ।त्याे गुण हाे।
सामान्य तथा संख्याले मात्रा काे परिणाम अभिब्यक्त गर्दछ।मात्रा र गुणकाे एकत्व मापन हाे।मापन भन्नाले सिमा वा परिधि बुझाउदछ।
परिणात्मक,मात्रात्मक र गुणात्मक पक्षहरुकाे निषेध संयाेगकाे उल्ङघनद्दारा बस्तुकाे रुप नै बदलिन्छ।र त्याे बस्तु अाफैमा रुपान्तरित हुन्छ।
मात्रात्मक परिवर्तन बाट गुणात्मक परिवर्तन भाैतिक जगतकाे बिकासकाे सार्वभौम नियम हाे।मात्रात्मक परिवर्तनकाे चरित्र अपेक्षा तथा मन्द र क्रमबद्ध हुन्छ।भने गुणात्मक परिवर्तन क्रमभङगकाे रुपमा हुन्छ।
३.निषेध काे निषेध नियम
निषेध भनेकाे नै अान्तरिक अन्तरबिराेधकाे अाधारमा पुरानाेकाे बिस्थापन हाे
नयाँले पुरानाेलाइ निर्मुल पार्दैन,बरु त्यस अाधारमा बिध्धामान सकरात्मक तत्वहरुकाे अालाेचनात्मक संरक्षण गर्दछ।याे नकारकाे नकार उन्नतकाे रुपमा चलिरहन्छ।
अाफ्नाे अस्तित्व काे पहिलेकाे रुपहरुकाे नकार बिना कुनै क्षेत्रमा बिकासकाे सम्भावना हुदैन्।