राजनीति
काठमाडौं– पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले रिक्त रहेका ती पदहरुमा खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।
www.nathm.eddu.np मा गएर फाराम भर्न र जानकारी लिन साकिने छ।

पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने- प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।