logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कञ्चनपुरको दशगजामा भारतीय जवानले चलायो गोली


  • राजनीति
  • शुक्रबार, पुष २७ २०७५

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक नेपाल–भारत सीमा क्षेत्र दशगजामा भारतीय एसएसबीका जवानहरूले गोली चलाएका छन्।

आपसी विवादमा मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार साँझ सीमा स्तम्भ नं २१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन्। गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ। लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो। सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इप्रका जवानले सुरक्षा दिइरहेका छन्।

दशगजा क्षेत्रमा गोली चल्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग समेत भएको थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार