logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बन्दीपुरमा बाबुले चलाएको बसले किच्दा छोराको मृत्यु


  • राजनीति
  • शुक्रबार, पुष २७ २०७५

दमौली- बन्दीपुर गाउँपालिका–४ मा बाबुले चलाएको बसले किच्दा छोराको मृत्यु भएको छ। पिप्लेका १५ वर्षीय विश्वास थापाको बाबुले चलाएको बसले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुबा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा किच्दा विश्वास घाइते भएका थिए। उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। किशोरका बुबा प्रहरी नियन्त्रणमा छन्।

वृद्ध मृत फेला

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृत फेला परेका छन्। हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०\६५ वर्षीय टेकबहादुर विकको शव भेटिएको छ। धादिङ घर बताउने विक विगत पाँच\छ दिनदेखि डुम्रे बजार आसपास मागी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार