logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन बुद्धको मुर्ती चोर्ने वडाध्यक्ष


  • राजनीति
  • शुक्रबार, पुष २७ २०७५

बुद्धमूर्ति चोरीको आरोपमा काठमाडौंमा हिमाली जिल्ला डोल्पाको एक जना वडाध्यक्ष पक्राउ परेका छन्।

मूर्ति चोरीको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाट डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-५ का वडाध्यक्ष कार्मा गुरुङलाई  पक्राउ गरेको हो।

शे-फोक्सुण्डो गाउँपालिका-४ स्थित राहाप गुम्बाको बुद्धमूर्ति उनले चोरेको प्रहरीको दाबी छ। गुरुङ स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि उनी नेकपामा प्रवेश गरेका थिए।

सोही आरोपमा प्रहरीले यसअघि वडाध्यक्ष गुरुङका साथै शे-फोक्सुण्डो गाउँपालिका-४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका-१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे-फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई पक्राउ गरिसकेको छ।

राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्धमूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि गत असोजको अन्तिम साता मात्रै स्थानीयले थाहा पाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार